Sat. Jul 27th, 2024

बामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित, पद तथा गोपनीयताको शपथ पनि आजै सम्पन्न

काठमाडौं, २०७७ असोज १ गते बिहीबार

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित हुनु भएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्नु भएको हो ।

तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीनमध्ये एक सिट फागुनदेखि खाली थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले त्यही सिटमा गौतमलाई मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

यसै राष्ट्रियसभा सदस्यमा मनोनित नेता वामदेव गौतमले पद तथा गोपनियताको सपथ लिनु भएको छ । आजै अपराह्न राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई पद तथा गोपनियताको सपथ खुवाउनु भएको हो । उज्यालो अनलाईनका अनुसार सपथ ग्रहणपछि गौतमले राष्ट्रिय सभाको गरिमा र प्रतिष्ठालाई ध्यानमा राखेर काम गर्ने बाहेक आफ्नो अरु कुनै लक्ष्य नरहेको बताउनुभयो । उहाँले राष्ट्रिय सभाको गरिमा र प्रतिष्ठा गिराउने काम नगर्ने समेत बताउनुभयो । पार्टीले देशमा समाजवादको सङ्कल्प पूरा गरेको उल्लेख गर्दै उहाँले राष्ट्रिय सभामा आफूले त्यही भूमिका निर्वाह गर्ने बताउनुभयो ।

Facebook Comments