Sat. Mar 15th, 2025 09:17:22

प्रेम !

- भवानी न्यौपाने 'भावना'

✍️ भवानी न्यौपाने “भावना”

प्रकृति प्रेमको शिरफूल लगाउँदै शीतल बतास पिएर
सजिनेछू ताराहरूको देशमा
जूनको पहरेदार बनेर
जीवनको बोधगम्य रुमानी यात्रामा वहकिँदै
मानवीय संवेदना मस्तिष्कमा सलबलाइरहन्छ छल्किएर
शाश्वत प्रेमको गङ्गा वहिरहन्छ रक्तकोषमा
अविरल स्मृतिका बुँदहरू ओर्लिरहन्छन् पोखिएर
जीवन दया,अपनत्व र प्रेमको पोखरी हो
दौडिरहन्छन् स्नायुकोष छचल्किएर
करुणा र विश्वास लोप भएको अनौठो भूगोलमा छु अचेल
असल मित्रताका दिव्य चित्रहरू अन्तस्करणको क्यानभासमा राख्दै
हुइँकिरहेछ जिन्दगी स्मृतिको पुष्प थुङ्गा बोकेर
भावनाको उर्वर खेती गर्दै एउटा दिव्य त्रिपुरमा
आफ्नो कर्मशील पवित्र यात्रामा लाग्दैछु
जहाँ मेरो अस्तित्व छ, सम्मान छ, प्रेम छ ।

Facebook Comments