Fri. Apr 26th, 2024

अमेरिकाले चीनको सैनिक र सुरक्षा विकास प्रतिवेदन २०२० सार्वजनिक गरेकोमा चीनको प्रतिक्रिया

काठमाडौं, २०७७ भदौं २८ गते आईतबार

अमेरिकाले चीनको सैनिक र सुरक्षा विकास प्रतिवेदन सन् २०२० सार्वजनिक गर्दै जथाभावी रुपमा चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनमुक्ति सेना बीचको सम्बन्धलाई बंग्याएको आरोप लगाएको छ। सो प्रतिवेदनले चीनको राष्ट्रिय प्रतिरक्षात्मक नीति र सैनिक रणनीतिको बदनाम गर्दै तथाकथित चिनियाँ सैनिक त्रास भन्ने धारणाको प्रचार प्रसार गरेको चीनको भनाई छ। यसका अतिरिक्त अमेरिकाले चिनियाँ राष्ट्रिय प्रतिरक्षा र सेनाको आधुनिकीकरण विकासलाई हिलो छ्याप्नुका साथै राष्ट्रिय प्रतिरक्षात्मक आय(ब्यय, आणविक नीति र थाइवान आदि समस्याको सम्बन्धमा चीनमाथि निराधार दोषारोपण गरेको पनि उसले बताएको छ।

चीनको राष्ट्रिय प्रतिरक्षा मन्त्रालयका प्रेस प्रवक्ता ऊ छ्येनले सेप्टेम्बर १३ तारिख अमेरिकाको उक्त कारवाहीबारे प्रतिक्रिया दिँदै अमेरिकाले चीन र चिनियाँ सेनामाथि हिलो छ्याप्ने र बदनाम गर्ने अर्को स्पष्ट प्रमाण रहेको कुरा औँल्याउनुभएको छ। चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार  अमेरिकाले लगातर २० वर्षसम्म त्यस्तो प्रकारका प्रतिवेदनलाई जारी गरेको गतिबिधि वास्तवमा प्रभुत्त्व र उत्तेजित कारवाही भएकाले त्यसबाट चीन र अमेरिका दुवै देश र दुई देशका सेना बीचको सम्बन्धलाई गम्भीर रुपमा ध्वस्त पारेको छ। त्यसैगरी चीनले कडा शब्दमा असन्तुष्टि र विरोध व्यक्त गर्नुका साथै अमेरिकासमक्ष गम्भीर आपत्ति पनि उठाएको कुरा पनि प्रवक्ता ऊले बताउनुभएको छ।

Facebook Comments