Sat. May 4th, 2024

कुलमानको निरन्तरताका लागि बिहिबारको मन्त्रिपरिषदमा प्रस्ताव गर्दै मन्त्री पुन

राेल्पा, २०७७ भदौं २३ गते मंगलबार

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्नियुक्ति लगभग पक्का भएको छ । बिहिबार बस्ने मन्त्रिपरिषदको बैठकमा ऊजा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले पुनर्नियुक्तिका लागि प्रस्ताव लैजाने तयारी गरेका छन् ।

यस विषयमा मन्त्री पुनले नेकपाका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरिसकेका छन् । अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीकाबीचमा पनि सोमबार बिहान छलफल भईसकेको छ ।  मन्त्री पुन सोमबार गृहजिल्ला रोल्पा गएको र बुधबार काठमाडाैं फर्किएपछि बिहिबारको क्याबिनेटमा प्रस्ताव लैजाने उनका स्वकीय सचिव दुर्गा चापागाँइले समाचार दैनिकलाई जानकारी दिए ।

यस अघि कार्यकारी निर्देशक घिसिङको निरन्तरता हुने नहुनेमा अन्योल थियो । अझैपनि प्रधानमन्त्री ओली भने प्रशन्न भईनसकेको श्रोतको दावी छ । मन्त्री पुनले यसअघिको क्याविनेटमा पनि प्रस्ताव लैजाने तयारी गरेका थिए । कार्यकारी निर्देशक घिसिङको पहिलो चार वर्षे कार्यकाल २९ भदाैमा सकिदैछ ।

मन्त्रालयले कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्नियुक्ति गर्ने प्रस्ताव मन्त्रीपरिषदमा लैजान फाइल तयार गरिसकेको छ । नेपालमा लोडसेडिङको अन्त्य गर्न राजनीतिक नेतृत्वसँग मिलेर घिसिङले नेपाल विद्युत प्राधिकरणमा कुशल व्यवस्थापन गरेपछि उनलाई दोहोर्याउनु पर्ने माग सार्वजनिक रुपमा समेत बाक्लो छ ।  उनले आफ्नो कार्यकालमा घाटामा रहेको प्राधिकरणलाई नाफामा पुर्याउनुका साथै देशभर लोडसेडिङ मुक्त गराउन पनि राम्रो व्यवस्थापकीय भूमिका खेलेका थिए ।

यस विषयमा उनको मात्रै चर्चा भएपछि केही दिन अघि कार्यकारी निर्देशक घिसिङले विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री ओली र मन्त्री पुनको नेतृत्व र योजना आफुले कार्यान्वयन गरेको बताएका थिए । समाचार दैनिक अनलाईनबाट

Facebook Comments