सुनचाँदीको मूल्य बढ्यो

काठमाण्डू, २०८१ माघ १८ गते शुक्रबार । सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । स्थानीय बजारमा प्रतितोला सुनको मूल्य रु दुई हजार तीन सयले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु एक लाख ६२ हजार आठ सयमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला रु एक लाख ६० हजार पाँच सयमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला रु ३० बढेर एक हजार नौ सय १५ मा कारोबार भइरहेको छ । बिहीबार सोही परिमाणको चाँदी रु एक हजार आठ सय ८५ मा कारोबार भएको थियो । रासस
Facebook Comments