Wed. Feb 19th, 2025

भारतमा १०० औं स्याटेलाइट प्रक्षेपण सफल   

नयाँदिल्ली, २०८१ माघ १७ गते बिहीबार । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले बुधबार बिहान ‘नेभिगेसन स्याटेलाइट एनभीएस–०२’ बोक्ने आफ्नो ‘जियोसिङ्क्रोनस स्याटेलाइट’ लन्च भेहिकल (जीएसएलभी)–एफ१५ रकेट सफलतापूर्वक प्रक्षेपण गरेको अधिकारीले बताउनुभएको छ । जियोसिङ्क्रोनस स्याटेलाइट प्रक्षेपण वाहन भारी सञ्चार स्याटेलाइट (उपग्रह) प्रक्षेपण गर्न प्रयोग गरिन्छ ।

एनभीएस–०२ बोकेको जीएसएलभी–एफ१५ ले दक्षिण भारतीय राज्य आन्ध्र प्रदेशको तटमा रहेको श्रीहरिकोटाको प्रक्षेपण प्याडबाट बिहान ६ः२३ बजे उडान भरेको थियो ।

इसरोले बुधबार गरेको प्रक्षेपण १०० औं रहेको छ ।

एनभीएस–०२ ले नेभिगेसन, कृषि, आपतकालीन सेवा र मोबाइल उपकरण स्थान सेवाहरूको सुधार गर्न मद्दत गर्नेछ ।

इसरोका अनुसार, श्रीहरिकोटाबाट उड्ने पहिलो ठूलो रकेट सन् १९७९ अगस्त १० मा स्याटेलाइट प्रक्षेपण वाहन (एसएलभी) थियो । सिन्ह्वा

Facebook Comments