Tue. Mar 18th, 2025 05:20:11

काठमाण्डूमा अन्तर्राष्ट्रिय पश्मिना मेला सुरु

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलगायत संयुक्तरुपामा बिहीबार भृकुटीमण्डपमा नेपाल पश्मिना इटरनेसनल एक्सो–२०८१ उद्घाटन कार्यक्रममा नेपाल पश्मिना उद्योग सङ्घद्वारा प्रकाशित पुस्तकको विमोचन गर्दै । तस्बिरः चन्द्रकला क्षेत्री/रासस

रमेश हतुवाली/काठमाण्डू, २०८१ माघ १० गते बिहीबार । नेपाल पश्मिना उद्योग संघको आयोजना र नेपाल उद्योग परिसंघको सहकार्यमा काठमाण्डूमा अन्तर्राष्ट्रिय पश्मिना मेला, २०२५ सुरु भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी काठमाण्डूको भृकुटीमण्डपमा बिहीबार नेपाल पश्मिना इटरनेशनल एक्स्पो अवलोकन गर्दै । तस्बिरः चन्द्रकला क्षेत्री/रासस

गोठदेखि धागोसम्म, धागोदेखि फेसनसम्म भन्ने मूल नाराका साथ नेपाल पश्मिना उद्योग संघको २५ औं वार्षिकोत्सवको अवसरमा सो मेलाको आयोजना गरिएको हो । मेला उद्धघाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले पश्मिना नेपाललाई चिनाउने प्राण भएको बताउनुभयो । विश्व बजारले भन्दा पहिले नेपालले नेपालको पश्मिना चिन्नुपर्ने बताउनुहुँदै मन्त्री भण्डारीले पश्मिना उद्योगका लागि आवश्यक कच्चा पदार्थ उत्पादनमा सरकारले सहयोग गर्ने धारणा व्यक्त गर्नुभयो ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी काठमाण्डूको भृकुटीमण्डपमा बिहीबार नेपाल पश्मिना इन्टरनेशनल एक्स्पो उद्घाटन समारोहमा मन्तव्य राख्दै । तस्बिरः हरिराम भेटुवाल/रासस

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा केही भएको छैन भन्ने भाष्यलाई मेलाले केही हुँदैछ भन्ने सन्देश दिएको बताउनुभयो । नेपालको निर्यात घटिरहेको वर्तमान अवस्थामा सरकार र निजी क्षेत्र मिलेर पश्मिना व्यवसायलाई प्रवद्र्धन गर्नुपर्ने अध्यक्ष ढकालको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेपाल पश्मिना उद्योग सङ्घले काठमाण्डूकाठमाण्डूको भृकुटीमण्डपमा आज आयोजना गरेको नेपाल पश्मिना इटरनेशनल एक्स्पो उद्घाटन समारोहमा मन्तव्य राख्दै । तस्बिरः हरिराम भेटुवाल/रासस

नेपाल पश्मिना उद्योग संघका अध्यक्ष धन प्रसाद लामिछानेले नेपाली पश्मिनाको प्रचार प्रसार र प्रवद्र्धन गर्ने उद्धेश्यले मेलाको आयोजना गरिएको बताउनुभयो । पछिल्लो समय भेडा, च्याङरा र चौरी पाल्ने कृषकहरुको संख्या घटिरहेको जानकारी दिनुहुँदै अध्यक्ष लामिछानेले पशुपालक कृषहरुलाई सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।

उद्धघाटन समारोहमा निर्यात व्यवसायी महासंघका अध्यक्ष शंकर प्रसाद पाण्डे, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल लगायतले पश्मिना उद्योगको विकासका लागि सरकारले सहयोग गर्नुपर्ने बताउनुभएको थियो । सो मेला माघ १२ गतेसम्म काठमाण्डूको भृकुटीमण्डपमा आयोजना हुनेछ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी बिहीबार नेपाल पश्मिना उद्योग सङ्घको आयोजनामा माघ १० देखि १२ गतेसम्म काठमाण्डू भृकुटीमण्डपमा नेपाल पश्मिना इटरनेसनल एक्सो-२०८१ को उदघाटन गर्दै । तस्बिरः चन्द्रकला क्षेत्री/रासस

Facebook Comments