Wed. Dec 10th, 2025

एक चीन नीतिमाथि चुनौती दिनेले भारी मूल्य तिर्नुपर्ने चिनियाँ परराष्ट्रमन्त्रीको चेतावनी

       

काठमाडौं, २०७७ भदौं १५ गते सोमबार

जर्मनीको भ्रमणमा रहनुभएका चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले ३१ तारिख चेक सेनेटका सभापतिसँग थाइवानको भ्रमणबारे धारणा व्यक्त गर्नुभएको छ। उहाँका अनुसार, थाइवान चीनको अविच्छिन्न भूभाग हो। थाइवान मामिलाबारे एक चीनको नीतिमाथि चुनौती दिनुको अर्थ एक अर्ब चालीस करोड चिनियाँ जनतासँग शत्रुता बढाउनु हो र अन्तर्राष्ट्रिय विश्वासघाती गतिविधि हो।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार  चेक सिनेटका सभापतिको थाइवान भ्रमणले सार्वजनिक चुनौती दिएको र उनी पछाडिको चीनविरोधी शक्तिबारे चीन सरकार र जनताले अवश्य नै वेवास्ता नगर्ने बताउँदै उनलाई आफ्नो छोटो अवलोकन व्यवहार र राजनीतिक अनुमानका लागि भारी मूल्य तिर्न लगाउने चेतावनी समेत दिनुभयो।

Facebook Comments