इन्डोनेसियाको बाढी र पहिरोमा परी १६ जनाको मृत्यु, १० जना घाइते

जाकार्ता, २०८१ माघ ९ गते बुधबार । इन्डोनेसियाको राष्ट्रिय प्रकोप व्यवस्थापन एजेन्सी (बीएनपीबी) ले मध्य जाभा प्रान्तमा अवस्थित पेकालोङ्गन रिजेन्सीमा आएको बाढी र पहिरोमा परी कम्तीमा १६ जनाको मृत्यु र १० जना अझै बेपत्ता रहेको बताएको छ ।
पेकालोङ्गनका फादिया अराफिकले भन्नुभयो,“धेरै उप–जिल्लाहरूले यस्तै घटनाहरू अनुभव गरे तापनि पेटुङ्क्रिओनो सबैभन्दा बढी प्रभावित भएको थियो ।”
“सोमबार रातीदेखि मङ्गलबार बिहानसम्म भारी वर्षाले पेटुङ्क्रिनो उप–जिल्लामा अचानक बाढी र पहिरो निम्त्यायो ।”
उद्धार कार्य जारी रहेको छ । अधिकारीहरूले मानिसहरूलाई सावधानी अपनाउन र नदीहरूबाट टाढा रहन आग्रह गरेका छन् । सिन्ह्वा
Facebook Comments