Thu. Jan 16th, 2025

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात

- सहकारीको रकम हिनामिना प्रकरण

भिओके समाचार/काठमाण्डू, २०८१ माघ २ गते बुधबार । काठमाण्डू कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीका तर्फबाट प्रतिवादी बनाइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेसमेत जोडिएको मुद्दामा सहकारीका पीडितको पक्षबाट बहस गरेर फर्किँदै गर्दा जिल्ला अदालत काठमाण्डू परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि केही व्यक्तिहरुले हातपात र लछारपछार गरेका हुन् ।

उक्त मुद्दाको वहसबारे युट्युबर र सञ्चारकर्मीहरुले त्रिपाठीको धारणा बुझ्न लागेकै समयमा केही व्यक्तिरुले उहाँलाई मुक्का समेत प्रहार गरेका थिए । अदालत परिसरमै यत्ति ठूलो घटना भैरहेको निक्कै लामो समयपछि मात्र प्रहरीले त्रिपाठीलाई सुरक्षा दिएको थियो ।

कानून व्यवसायीमाथि भएको उक्त दूव्यवहारलाई सर्वसाधारणले असोभनिय भनि टिप्पणी गरेका थिए भने केहीले अध्यक्ष लामिछानेका कार्यकर्ताले वरिष्ठ अधिवक्त त्रिपाठीमाथि आक्रमण गरेको बताएका छन् ।

घटनाको पूर्ण विवरण आउन बाँकी रहेको छ ।

Facebook Comments