Mon. Feb 16th, 2026

नेपालमा थप ८८५ जना कोरोना संक्रमण, संक्रमितको संख्या ३४ हजार ४१८ पुग्यो

       

काठमाडौं, २०७७ भदौं १० गते बुधबार

नेपालमा थप ८८५ जना कोरोना भाइरसका संक्रमित फेला परेका छन् । पछिल्लो २४ घन्टामा ८८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

कान्तिपुर अनलाईनका अनुसार २४ घन्टामा ३८५ जना निको भएर घर फर्किएका छन् । हालसम्म १९ हजार ५०४ निको भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

त्यसैगरी २४ घन्टामा जम्मा १३ हजार २ सय ५३ पीसीआर परीक्षण भएका छन् । मन्त्रालयका अनुसार बुधबारसम्म पीसीआर विधिबाट ६ लाख ३५ हजार २५२ परीक्षणहरु गरिएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ९ हजार ८ सय ३२ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या १४ हजार ७३९ जना रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read
1 min read