Sun. May 19th, 2024

१७२ वटा मुलुक तथा क्षेत्रमा कोभिड-१९ खोपको विश्वव्यापी आपूर्ति कार्यक्रममा संलग्न

काठमाडौं, २०७७ भदौं ९ गते मंगलबार

विश्व स्वास्थ्य संगठनका महाप्रबन्धक टेड्रोस अधानोम घेब्रेयेसुसले १७२ वटा मुलुक तथा क्षेत्र कोभिड-१९ खोपको विश्वव्यापी आपूर्ति कार्यक्रममा संलग्न भएको भन्दै सन् २०२१ को अन्तअघि नै विश्वभर कम्तिमा २ अर्ब डोज प्रभावकारी खोपको निष्पक्ष रूपमा वितरण गर्ने उक्त कार्यक्रमको लक्ष्य रहेको जानकारी दिनुभएको छ।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार  अगष्ट २४ तारिख आयोजित पत्रकार सम्मेलनमा उहाँले उक्त कुरा बताउनुभएको हो। उहाँले सो कार्यक्रममा विश्वमा सबभन्दा ठूलो मात्रा र सबभन्दा पर्याप्त खालका खोप वितरण हुने जसमा ९ किसिमको खोप समावेश हुने भन्दै ती खोपको अरू मूल्याङ्कन तथा सुधार गरी सबभन्दा राम्रो खोप प्रदान गर्न प्रमाणित गर्ने पनि बताउनुभयो। अरू ९ किसिमका खोपको दीर्घकालीन मूल्याङ्कन गरिरहेको पनि उहाँले जानकारी दिनुभयो।

उहाँले सो कार्यक्रममा सक्रिय रूपमा संलग्न विभिन्न मुलुकलाई आह्वान गर्नुभयो। विश्व समन्वयमा खोपको वितरण गर्नु सबै मुलुक तथा क्षेत्रको हितसँग अनुकूल रहेको पनि उहाँले उल्लेख गर्नुभयो।

Facebook Comments