Sun. Apr 28th, 2024

नेपालमा कोरोनाविरुद्धको चिनियाँ भ्याक्सिनकाे परीक्षण सुरू हुने

काठमाडौं, २०७७ भदौं ८ गते सोमबार

 नेपालमा कोरोना भाइरसविरुद्ध लड्न उपयोगी देखिएका भ्याक्सिनको क्लिनिकल ट्रायल गर्ने बाटो खुलेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय बैठकले चिनियाँ कम्पनी होङ्सीलाई भ्याक्सिन ट्रायलका लागि प्रारम्भिक काम अघि बढाउन अनुमति दिएको हो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा. प्रदिप ज्ञवालीले आइतबार बिहान स्वास्थ्य मन्त्रालयमा बसेको बैठकले नेपालमा चिनियाँ भ्याक्सिनलाई परीक्षणका लागि अनुमति दिएको बताए । चीनमा सो भ्याक्सिन उत्पादन गर्ने कम्पनी पनि होङ्सी हो ।

डा. ज्ञवालीका अनुसार सो कम्पनीले नेपालमा रहेको होङ्सी सिवम् सिमेन्ट उद्योगमा कार्यरत एक हजार चिनियाँ कामदारमाथि सो भ्याक्सिन परीक्षण गर्न अनुमति मागेको थियो । “उनीहरुले के कसरी ट्रायल गर्ने भन्नेबारेमा परिषद्ले सम्भाव्यता अध्ययन गर्नेछ, त्यसपछि बल्ल ट्रायलको काम शुरु हुन्छ,” डा. ज्ञवालीले भने-यो ट्रायलमा नेपालीलाई पनि सहभागी गराउने वा नगराउने भन्ने बारेमा छलफलपछि निश्कर्षमा पुग्नेछौँ । परिषद्ले सोमबारदेखि नै यसबारे चिनियाँ पक्षसँग छलफल शुरु गर्दैछ । परिषद्ले यसअघि नै स्वास्थ्य मन्त्रालयबाट भ्याक्सिन ट्रायलका लागि अनुमति लिइसकेको छ।

सोहीक्रममा चिनियाँ कम्पनीले भ्याक्सिन परीक्षणका लागि अनुमति पाएपछि यो काम अघि बढाउने वातावरण बनेको डा. ज्ञवालीले बताए । विश्व स्वास्थ्य संघठनले परिषद्लाई नेपालमा भ्याक्सिन ट्रायलका लागि बेलायतको अक्सफोर्ड ग्रुपसँग मिलेर काम अघि बढाउन अनुमति दिइसकेको छ । डा. ज्ञवालीका अनुसार अक्सफोर्ड ग्रुपसँग चार दिनअघि भएको छलफलमा उनीहरुले आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् । उनीहरुको समूहले नेपाललाई भ्याक्सिन ट्रायलका लागि समुहमा राख्ने वा नराख्ने भन्ने बारेमा एक÷दुई दिनमा छलफल गरेर निधो दिने बताएका छन्,-उनले भने नेपाल समाज अनलाईनले समाचार लेखेको छ ।

Facebook Comments