Mon. May 20th, 2024

महामारीबाट १० करोड जनता पुन:विपन्न अवस्थामा फर्किने: विश्व बैंकका गभर्नरको चेतावनी

काठमाडौं, २०७७ भदौं ७ गते आईतबार

विश्व बैंकका गभर्नर डेभिड माल्पासले हाल नयाँ कोरोना महामारीबाट सम्भवत: १० करोड जनता पुन: निकै विपन्नावस्थामा फर्किने चेतावनी दिनुभएको छ।

मुख्यालय वाशिंटनमा अवस्थित विश्व बैंकले त्यसअघि के अनुमान गरेको थियो भने ६ करोड जनता नयाँ कोरोना महामारीको कारण ज्यादै गरिबी अवस्थामा पुग्ने छ। तर पछिल्लो मूल्याङ्कनमा त्यस अवस्था झन् बिग्रंदै गएमा १० करोड जनसंख्या पुग्ने अनुमान गरिएको छ।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार अहिलेको आपतकालीन अवस्थाको सामना गर्नका लागि सन् २०२१ को जुन महिनासम्म बिश्व बैंकले जम्मा १ सयवटा मुलुकलाई १ खर्ब ६० अर्ब अमेरिकी डलरको पूँजी प्रदान गर्ने वचनवद्धता गरेको छ। गत जुन महिनाको अन्त्यसम्म विश्व बैंकले झण्डै २१ अर्ब अमेरिकी डलरको पूँजी वितरण गरिसकेको छ।

तैपनि ज्यादै विपन्न अवस्था भोगिरहेको जनसंख्या पनि लगातार रुपमा बढ्दै आएको देखिन्छ।

Facebook Comments