Thu. Jan 9th, 2025

सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित   

सङ्खुवासभाको चैनपुर नगरपालिका-१ मा करिब दुई हजार ९ सय मिटर उचाइमा रहेको गुफापोखरी हिमपातपछि सेताम्मे आसपासको क्षेत्र । जिल्लाको गुफा,मङ्गलबारे,किमाथाङ्कालगायत माथिल्लो भेगमा मङ्गलबार रातिदेखि हिमपात भएको हो । .तस्बिर : भविन कार्की / रासस

किमाथाङ्का (सङ्खुवासभा), २०८१ पुस २४ गते बुधबार । जिल्लाको माथिल्लो क्षेत्रमा वर्षाहुँदा हिमपातहुँदा जनजीवन प्रविभात भएको छ । चैनपुर नगरपालिका-१ गुफापोखरी आसपास गए रातिदेखि हिमपात भएको स्थानीयवासी आङकाञ्जु शेर्पाले बताउनुभयो ।

सङ्खुवासभाको चैनपुर नगरपालिका-१ मा करिब दुई हजार ९ सय मिटर उचाइमा रहेको गुफापोखरी हिमपातपछि सेताम्मे आसपासको क्षेत्र । जिल्लाको गुफा,मङ्गलबारे,किमाथाङ्कालगायत माथिल्लो भेगमा मङ्गलबार रातिदेखि हिमपात भएको हो । तस्बिर : भविन कार्की / रासस

उहाँका अनुसार गुफापोखरी, मङ्गलबारे, किमाथाङ्का र मकालुलगायतमा गएरातिदेखि हिमपात हुँदा जनजीवन प्रभावित बनेको हो । अहिले पनि सो क्षेत्रमा हल्का वर्षा र हिउँ पर्ने क्रम जारी रहेको बताइएको छ । चिसोले बालबालिका, वृद्धवृद्धा र पशुचौपाया बढी प्रभावित भएका जनाइएको छ । रासस

Facebook Comments