प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतद्वारा वरिष्ठ अधिवक्ताको प्रमाणपत्र वितरण
- वरिष्ठ अधिवक्ताको उपाधि १ सय ५९ जना अधिवक्तालाई
रमेश हतुवाली/काठमाण्डू, २०८१ पुस १९ गते शुक्रबार । नेपाल कानून व्यवसायी परिषद्ले एक भव्य समारोहबीच १ सय ५९ जना अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको प्रमाणपत्र वितरण गरेको छ ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको प्रमुख आतिथ्यतामा आज बेलुकी काठमाण्डूमा सो प्रमाणपत्र वितरण गरिएको हो । प्रमाणपत्र वितरण गरेलगत्तै समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानन्यायाधीश राउतले वरिष्ठ अधिवक्ताको प्रमाणपत्र प्राप्त गर्ने सबैलाई शुभकामना व्यक्त गर्नुभयो । वरिष्ठ अधिवक्ताको प्रमाणपत्र प्राप्त गर्नु महत्वपूर्ण भए पनि आगामी दिनमा पेशागत गरिमा र उच्च मर्यादा कायम गर्दै पेसालाई अघि बढाउनु आवश्यक रहेको राउतले बताउनुभयो । वरिष्ठताको उपाधिले सँधै मर्यादा खोज्ने हुनाले मान, शान, ओज र लाज राखेमात्र वरिष्ठताको मर्यादा कायम हुने प्रधान्यायाधिश राउतको भनाइ थियो ।
नेपाल कानून व्यवसायी परिषद्का अध्यक्ष तथा महान्यायाधिवक्ता रमेश बडालले शुभकामना व्यक्त गुर्नहुँदै मुद्धा छिटो र छरितो ढंगले टुङ्याउन पनि कानून व्यवसायीहरु लाग्नु पर्ने बताउनुभयो । महान्यायाधिवक्ता बडालले वरिष्ठहरुले वहस पैरवीका क्रममा एकजना सहयोगीलाई अनिवार्य रुपमा सहभागी गर्नुपर्ने मान्यतालाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल कानून व्यवसायी परिषद्का उपाध्यक्ष तथा नेपाल बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेले लोकतन्त्र बाँचे सम्म न्यायपालिका बाँचिरहने बताउनुभयो । बार र वेञ्चको सम्बन्ध सँधै प्रगाढ हुनुपर्नेमा जोडदिनुहुँदै अध्यक्ष घिमिरेले नेपाल बार एशोसिएशन न्यायपालिकाको एउटा अंग भएको पनि बताउनुभयो ।
समारोहमा शुभकामना मन्तब्य व्यक्त गर्नुहुँँदै नेपाल कानून व्यवसायी परिषद्का पार्षद् वरिष्ठ अविधक्ता डा. चन्द्रकान्त ज्ञवालीले नेपालमा हालसम्म ७ सय ६ जना कानून व्यवसायीलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरिएको जानकारी दिनुभयो ।
नेपालमा अहिलेसम्म ३४ जना महिलाहरुलाई वरिष्ठ अधिवक्ताको उपाधिबाट सम्मानित गरिएको बताउनुहुँदैै डा. ज्ञवालीले छिमेकी देश भारतमा भन्दा नेपालमा संख्यात्मक रुपमा धेरै वरिष्ठ अधिवक्ताहरु रहेको जानकारी पनि दिनुभयो ।
नेपाल कानून व्यवसायी परिषद्वारा १ सय ५९ जना अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको प्रमाणपत्र वितरण, वरिष्ठताको उपाधिले सँधै मान, शान, ओज र मर्यादा खोज्ने प्रधानन्यायाधीश राउतको भनाइ ।।
समारोहमा वरिष्ठ अविवक्ता पूर्णिमा रिमालले न्याप दिन प्रतिदिन महंगो भएकोमा चिन्ता व्यक्त गर्नुभयो । वरिष्ठ अविवक्ता दिनमणी पोख्रेलले सर्वोच्च अदालतले विश्वास गरेर वरिष्ठ अविवक्ताको उपाधि प्रदान गरेको हुनाले त्यसको मर्यादा राख्न सबैलाई आग्रह गर्नुभयो ।
प्रमाणपत्र ग्रहण गर्नुहुँदै वरिष्ठ अधिवक्ता कविता बस्नेत सुवेदी
वरिष्ठ अधिवक्ताको पदवीबाट सम्मानीत हुनेहरुको नामावली :