Tue. May 26th, 2026

‘राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार गठन ’  : राणा

       

सुदूरपश्चिम, २०८१ पुस १३ गते शनिबार । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राजनीतिक स्थायित्वका लागि दुई ठूला पार्टी मिलेर सरकार निर्माण गरेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश कार्यसमिति तथा महासङ्घ कैलाली शाखाका नवनिर्वाचित पदाधिकारीको आज धनगढीमा भएको पदस्थापन समारोहमा उहाँले मुलुकको विकासका लागि आवश्यक राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार गठन भएको र सोहीअनुसार अघि बढेको बताउनुभयो ।

राससका अनुसार  उहाँले वर्तमान सरकारले मुलुकलाई आर्थिक र समाजिक रुपमा कसरी अगाडि बढाउने भन्नेमा ध्यान केन्द्रित रहेको समेत उहाँको भनाइ थियो । उहाँले आर्थिक तथा समाजिक विकासका लागि देशमा लगानीको वातावरण बनाउन सरकार क्रियाशील रहेको बताउनुभयो ।

त्यस अवसरमा उहाँले नेपालमा प्रजातन्त्र, लोकतन्त्र स्थापनामा पत्रकारिता जगतको ठूलो योगदान रहेको उल्लेख गर्दै नेपाली कांग्रेस सदैव स्वतन्त्र प्रेसको पक्षमा रहेको बताउनुभयो । “हामीले संविधानको प्रस्तावनामै पनि पूर्ण प्रेस स्वतन्त्रता हुने उल्लेख गरेका छौँ, मौलिक हकमार्फत थप अधिकार सुनिश्चित गरिएको छ, यसका लागि संविधान निर्माणको समयमा कांग्रेसले ठूलो भूमिका निर्वाह गरेको छ”, उहाँले भन्नुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read