Sat. Dec 21st, 2024

जनकपुर बोल्ट्सले जित्यो एनपिएलको उपाधि ,सुदूरपश्चिम रोयल्स ५ विकेटले पराजित (फोटो फिचर)

महेश भट्टराई/काठमाण्डू, २०८१ पुस ६ गते शनिबार । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको  क्रिकेट मैदानमा भएको फाइनल खेलमा सुदूरपश्चिम रोयाल्सलाई पराजित गर्दै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिगको विजेता बनेको हो ।

फाइनल खेलमा सुदूरपश्चिम रोएल्सविरुद्ध ५ विकेटले जित हात पार्दै जनकपुरले उपाधि हात पारेको हो ।  जितका लागि सुदूरपश्चिम रोयल्सले दिएको १८५ रनको लक्ष्य जनकपुर बोल्ट्सले १९.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो ।

फाइनल खेल हेर्न  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ,गृहमन्त्री रमेश लेखक, सुदूरपश्चिमका मुख्य मन्त्री  कमलबहादुर शाह, मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह लगायतका नेताहरु पनि कीर्तिपुर पुग्नुभएको छ ।

यसैबीच नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले सो टिमलाई बधाई दिनुभएको छ ।

Facebook Comments