Sat. Dec 21st, 2024

सिंहको निधनमा कामपामा शोक बिदा   

काठमाण्डू, २०८१ पुस १ गते सोमबार । काठमाण्डू  महानगरपालिकाले पूर्व मेयर पिएल सिंहको निधनमा आज शोक बिदा दिएको छ । उहाँको ८७ वर्षका उमेरमा उपचारका क्रममा आज विहान निधन भएको थियो ।

राससका अनुसार  कामपाको सहायक प्रवक्ता धुव्रकुमार काफ्लेले पूर्व मेयर सिंहको निधनमा कामपाको केन्द्रीय कार्यालय र मातहतको सबै वडा कार्यालयको अत्यावश्यक बाहेकका सेवा बन्द गरी शोक बिदा दिने निर्णय गरेको जानकारी दिनुभयो । २०५२ साल मङ्सिर २९ गते काठमाण्डू नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो ।

Facebook Comments