Fri. Apr 17th, 2026

चिनियाँ व्यवसायमाथिको दबाव रोक्न चीनद्वारा अमेरिकालाई ताकिता

       

काठमाडौं, २०७७ साउन २३ गते शुक्रबार

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले गलत गतिविधि सच्याएर आर्थिक समस्यालाई राजनीतिकरण गर्दै चिनियाँ व्यवसायमाथि दबाव बन्द गर्न अमेरिकालाई ताकिता गर्नुभएको छ।

अगष्ट ७ तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता वाङले उक्त कुरा बताउनुभएको हो। प्राप्त समाचार अनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ६ तारिख कार्यकारी आदेशमा हस्ताक्षर गरी टिकटक र वीच्याटले अमेरिकी राष्ट्रिय सुरक्षामा क्षति पुर्याएकोले ४५ दिनपछि सबै अमेरिकी व्यक्ति वा एकाइले टिकटक, विच्याट र त्यसका अभिभावक कम्पनीसँग कारोवार गर्न निषेध हुने बताउनुभयो।

त्यसको प्रतिकृया दिँदै प्रवक्ता वाङले अमेरिकाले राष्ट्रिय सुरक्षाको निहुँ खोजेर राष्ट्रिय शक्तिको दुरूपयोग गरी गैर-अमेरिकी व्यवसायमाथि अनुचित दमनको बदमास गतिविधिमाथि चीनले कडा विरोध गरेको उल्लेख गर्नुभयो।

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read