प्रधानसेनापति सिग्देलद्वारा भारतीय अधिकृत क्याडेटको कवाज निरीक्षण
काठमाण्डू, २०८१ मंसिर २९ गते शनिबार । भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति अशोकराज सिग्देल आज देहरादुनस्थित इण्डियन मिलिटरी एकेडेमीमा तालिमरत अधिकृत क्याडेटको अन्तिम दलले कवाज निरीक्षण गर्नुभएको छ ।
सो क्रममा उहाँले नवनियुक्त अधिकृतलाई दज्र्यानी चिह्न प्रदान गर्नाका साथै उनीहरूसँग अन्तरक्रिया समेत गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
राससका अनुसार नेपाली सेनाले वि.सं. २०१० देखि सो एकेडेमीमा आफ्ना अधिकृत क्याडेटलाई तालिममा सहभागी गराउँदै आइरहेको छ । हालसम्म उक्त एकेडेमीबाट दुई सयभन्दा बढी नेपाली सेनाका अधिकृत क्याडेटहरू दीक्षित भइसकेका छन् । बाह्र देशका अधिकृत क्याडेटहरू तालिमरत उक्त एकेडेमीमा हाल नेपाली सेनाबाट ६ जना अधिकृत क्याडेट तालिमरत रहेका सेनाले जनाएको छ ।