Sat. Apr 20th, 2024

सनराइज बैंक विराटनगरमा कार्यरत एक महिला कर्मचारीद्वारा आत्महत्या

काठमाडौं, २०७७ साउन २१ गते बुधबार

सनराइज बैंक शाखा कार्यालय विराटनगरमा कार्यरत एक महिला कर्मचारीले ‘सुसाइड नोट’ लेखेर बुधबार विष पिएर गरेको पाइएको छ।

मुसा मार्न प्रयोग गरिने विषादी पिएर गर्दा वरिष्ठ सहायक अधिकृत पदमा कार्यरत विराटनगर महानगरपालिका-८ सहयोगी टोलकी ३० वर्षीया सनाज खतिवडाको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताउनु भयो । उहाँका अनुसार विष पिएर गरेर घाइते अवस्थामा भेटिएकी उनको उपचारका क्रममा दिउँसो करिब १२:३० बजे नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो।

बैंकको कार्यालयको शौचालयभित्रै उनलाई बेहोस अवस्थामा भेटिएको थियो। छेउमै विषादीको बट्टा पनि भेटिएको र चिकित्सकले पनि मृत्युको कारण विष पिएरनै रहेको बताएको प्रहरीले जनाएको छ। साथै उनले ब्लेडले आफ्नो देब्रे हातसमेत काटेको डीएसपी राईले बताए। ब्लेडले हात काटेपछि कार्यालयमा रहेको मुसा मार्ने औषधि पिएर गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनको भनाइ छ। ब्लेड र विषादीको बट्टा पनि प्रहरीले बरामद गरेको छ।

विषादी पिएर गर्नुअघि उनले लेखेको ‘सुसाइड नोट’ प्रहरीले फेला पारेको छ। बाबु र आमालाई सम्बोधन गरेर लेखिएको नोटमा आफ्नै कारणले मरेको र यस घटनामा कसैलाई पनि दोष नदिन भनिएको राईले बताए। मृतक युवतीले बैंकमा आफ्ना बाबुको नाममा २० लाख रुपैयाँ जम्मा गरिदिएको र विभिन्न बैंक तथा वित्तिय संस्थामा आफ्नो शेयर रहेको नोटमा उल्लेख गरेको जानकारी राईले दिनुभयो ।

खतिवडा परिवार नजिकका एक सदस्यका अनुसार युवतीमा केही दिनदेखि मानसिक तनाव देखिएको थियो। सातादिन अघि पनि युवतीले आत्महत्याको प्रयास गरेको जानकारी परिवारले प्रहरीलाई दिएको डीएसपी राईको भनाइ छ। शव पोस्टमार्टमका लागि कोशी अस्पताल लगेर घटनाको बाँकी अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो । अन्नपूर्ण पोष्ट दैनिक अनलाईनबाट

Facebook Comments