Wed. Apr 24th, 2024

५ सय रुपैयाँ लुट्न हत्या

काभ्रे, २०७७ साउन १६ गते शुक्रबार

पाँच सय रुपैयाँ लुटेर एक जनाको हत्या गरेको आरोपमा दुई युवक पक्राउ परेका छन् । धुलिखेल-११ पातलेखेत आरुबोटका ५४ वर्षीय कामीसिं तामाङलाई पाँचखाल-१० बेलामा लगेर हत्या गरिएको हो ।

हत्या आरोपित धुलिखेल-११ का २१ वर्षीय सञ्जीव मैनाली र २३ वर्षीय रूपेन्द्रमान लामालाई प्रहरीले घटनाको १२ घन्टाभित्रै पक्राउ गरेको छ । मादक पदार्थ सेवा गरेका दुई अभियुक्तले गफ गर्दै अलि परसम्म लगेर पाँच सय रुपैयाँ लुटेपछि ढुंगाले हिर्काएर मारेको खुल्न आएको एसपी रविकुमार पौडेलले बताए ।

गत बिहीबार बिहान तामाङको हत्या गरेपछि घरमै रहेका लामा र ललितपुर पुगेर बसेका मैनालीलाई डीएसपी कुमारविक्रम थापाको टोलीले पक्राउ गरेको हो । कान्तिपुर अनलाईनबाट

Facebook Comments