Thu. Nov 21st, 2024

यु–१९ महिला टि–२० विश्वकप छनोट : नेपालविरुद्ध युएईले ब्याटिङ गर्दै   

काठमाण्डू, २०८१ कात्तिक २८ गते बुधबार ।  युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईले नेपालविरुद्व ब्याटिङ गरिरहेको छ ।

युएईको अजमानस्थित द सेभेन रङ्गशालामा युएईले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो । यही कात्तिक २१ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा नेपाल र युएईबीचको यो अन्तिम खेल हो । एसिया छनोटअन्तर्गत नेपालले यसअघि पाँच खेल खेलिसकेको छ । नेपाल चार खेलमा जित तथा एउटामा हारका साथ अङ्क तालिकामा दोस्रो स्थानमा छ ।

राससका अनुसार   पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले पराजित गरेको थियो । यस्तै, दोस्रोमा नेपालले कुवेतलाई एक सय आठ रनले हराएको थियो । तेस्रो खेलमा नेपाल घरेलु टोली युएईसँग १३ रनले पराजित भएको थियो । नेपालले चौथो खेलमा आइतबार थाइल्याण्डलाई एक सय ६ रनले पराजित गरेको थियो । मङ्गलबार भएको पाँचौँ खेलमा नेपालले कुवेतलाई एक सय ६५ रनको फराकिलो अन्तरले हराएको थियो ।

प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । नेपालले यु–१९ विश्वकपमा छनोट हुनका लागि आजको खेलमा युएईलाई जित्नै पर्ने हुन्छ । साथै, रनरेटमा पनि युएईलाई पछाडि पार्नुपर्छ ।

Facebook Comments