Wed. Nov 13th, 2024

दक्नमा बाढीका कारण १४ लाख मानिस प्रभावित, तीन लाख ७९ हजार विस्थापित: संयुक्त राष्ट्रसङ्घ   

नैरोबी, २०८१ कात्तिक २४ गते शनिबार । दक्षिण सुडानमा आएको विनाशकारी बाढीका कारण करिब १४ लाख मानिस प्रभावित भएका छन् । दक्षिण सुडानमा आएको पछिल्लो प्राकृतिक प्रकोप (बाढी) का कारण १४ लाख व्यक्ति प्रभावित भएका र तीन लाख ७९ हजारभन्दा बढी विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

जलवायु परिवर्तनको उच्च जोखिममा रहेको विश्वको सबैभन्दा ‘कान्छो देश’ को मुख्यतः उत्तरी क्षेत्र दशकौँ यताकै सबैभन्दा खराब बाढीको चपेटामा परेको सहायता एजेन्सीहरूले बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) का अनुसार दक्षिण सुडान र सुडान दुवैले दाबी गर्दै आएको ४३ वटा काउन्टी र विवादित अबेई क्षेत्रमा आएको बाढीका कारण करिब १४ लाख मानिस प्रभावित भएका छन् ।

“२२ वटा काउन्टी र अबेईमा तीन लाख ७९ हजारभन्दा बढी मानिस विस्थापित भएका छन्,” राष्ट्रसङ्घले शुक्रबार राति जारी विज्ञप्तिमा भनिएको छ।

“बाढीका कारण ‘स्वास्थ्य प्रणालीलाई भारी असर पारेको छ र बाढी प्रभावित क्षेत्रहरूमा स्थिति र प्रभावलाई अझ बढावा दिएको र औलोको प्रकोप बढेको रिपोर्ट गरिएको छ,” विज्ञप्तिमा भनिएको छ।

Facebook Comments