Sun. Dec 22nd, 2024

अस्ताउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व भव्य रुपमा मनाईँदै

विराटनगरको सिंगियाखोलामा अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै गरेका भक्तजनहरु, फोटो : रमेश हतुवाली

रमेश हतुवाली/विराटनगर, २०८१ कात्तिक २२ गते बिहीबार । सन्तानप्राप्ति, सम्पन्नता, आरोग्यता, सुख र समृद्धिको कामना गर्दै अस्ताउँदो सूर्यलाई अर्घ्य दिईँ आज भव्य रुपमा छठ पर्व मनाईदैछ ।

विराटनगरको सिंगियाखोलामा अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै गरेका भक्तजनहरु, फोटो : रमेश हतुवाली

आज साँझ ५ बजेर १० मिनेटमा सूर्यास्त हुने भए पनि भक्तजनहरुले दिउसो ४ बजेदेखिनै नदी, खोला, पोखरी, तलाउ लगायतका जलासयमा डुबेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिईँ तराई मधेसका सम्पूर्ण जिल्लाहरु र काठमाण्डू उपत्यका लगायत देशका विभिन्न भागमा छठ पर्व भव्य रुपमा मनाउने क्रम चलिरहेको छ । छठ पर्वको दिन वेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिईने र त्यसको भोलि पल्ट उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत सम्पन्न गर्ने परम्परा अनुसार मानिसहरु आज दिउसैदेखि जलासयतर्फ लागिरहेको दृश्य आजयत्रतत्र देखिन्थ्यो ।

विराटनगरको सिंगियाखोलामा अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै गरेका भक्तजनहरु, फोटो : रमेश हतुवाली

काठमाण्डू उपत्यकाका कमलपोखरी, गुह्यश्वरीस्थित बागमती नदीको किनार, जनकपुरको जनकपुरधाम, विराटनगरको सिंगिया खोला, सुनसरीको सुन्सरी खोला, झापाको मेची र माईनदी, सप्तरीको राजविराज, हनुमाननगर, भारदह, वीरगञ्जको घडिअर्वा पोखरी, नेपालगञ्ज, महेन्द्रनगर, पोखराको फेवातालक्षेत्र लगायत देशभरका नदी, खोला, तालतलैया, पोखरी र नहरका किनाराहरुमा आज दशौंलाख भक्तजन र रमितेहरुको घुईचो रहेको छ । विराटनगरस्थित रे टेलिभिजनका समाचारदाता रमेश हतुवालीका अनुसार श्रद्धालु भक्तजन, ब्रतालु र स्थानीयवासीहरु दिउँसो २ वजेदेखि नै केरा, उखु, नरिवल, मुला, बेसार, ठेकुवा, भोगटे, अदुवालगायतका विभिन्न पूजा सामग्रीहरु बोकेर नदीकिनारा र घाटहरुमा जाँदै गरेको दृश्य देख्न पाईन्थ्यो ।

विराटनगरको सिंगियाखोलामा अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै गरेका भक्तजनहरु, फोटो : रमेश हतुवाली

विराटनगरको पुष्पलालचौक, हाटखोला, सरस्वती टोलस्थित हनुमानमन्दिर, जनपथटोल, जामुनगाछी, इटहरी र मोरंगको संगममा रहेको बुढीखोला किनार, सुनसरीको सुनसरी खोला, झापाको दमक बजार, माईनदी, मेची नदी लगायतका विभिन्न क्षेत्रमा आज बिहान सबैरैदेखि खोला किनार, पोखरी, ताल, तलैया, नहर किनार, खोला, पैनीलाई रंगी विरंगी फूल, माला, विजुली वत्ति, केरा, उखु, अशोक, समी लगायतका ध्वजा पतकाले सृगार गरिएको छ । छठपर्वलाई भव्य, सभ्य र शान्तिपूर्ण ढंगबाट सम्पन्न गर्न नेपाल प्रहरीले आवश्यक सुरक्षा व्यवस्था मिलाएको छ ।

विराटनगरको सिंगियाखोलामा अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै गरेका भक्तजनहरु, फोटो : रमेश हतुवाली

छठपर्वको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले काठमाण्डूको गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजाआराधना र अघ्र्यदान गर्नुभएको छ । देशका विभिन्न भागमा भव्यरूपमा मनाइने छठ पर्वका अवसरमा राष्ट्रपतिले प्रत्येक वर्ष गुह्येश्वरीमा सूर्यदेवसहित छठी माताको पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अघ्र्य दिने परम्परा रहीआएको छ ।

विराटनगरको सिंगियाखोलाबाट देखिएको अस्ताउँदो सूर्य, फोटो : रमेश हतुवाली

प्रत्येक वर्ष कार्तिक शुक्लचतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा गुह्येश्वरी-गौरीघाट, कमलपोखरी, थापाथलीलगायत काठमाण्डू उपत्यकाका अन्य स्थानमा पनि भव्य रुपमा मनाउने गरिन्छ । छठको अवसरमा काठमाण्डूको गुह्येश्वरी, गौरीघाट, कमलपोखरी, थापाथली, कुपण्डोल, नख्खु खोला, विष्णुमती र वागमती नदी किनारमा छठ घाट निर्माण गरी सजाइएको छ ।

आज बेलुकी अस्ताउँदो सूर्यलाई पूजाआराधनासहितअर्घ्य दिएका व्रतालु भोलि बिहान सूर्य नउदाएसम्म छठ पूजास्थलमै जाग्राम बस्छन् । बिहान उदाउँदो सूर्यलाई पूजाआराधनासहित अर्घ्य दिएपछि चार दिन लामो छठ पर्व सम्पन्न हुन्छ ।

तराई मधेसमा दशकौंदेखि मनाईदै आएको छठ पर्व पछिल्ला वर्षहरुमा काठमाण्डू उपत्यकासहित पहाडी क्षेत्रमा पनि भव्य रुपमा मनाउन थालिएको छ ।

Facebook Comments