Sun. Dec 22nd, 2024

विराटनगरमा छठपर्वको अन्तिम तयारी गरिँदै

विराटनगरमा छठपर्वको अन्तिम तयारी गरिँदै, फोटो : रमेश हतुवाली

रमेश हतुवाली/विराटनगर, २०८१ कात्तिक २१ गते बुधबार । तराई मधेसमा यत्तिवेला छठपर्वको अन्तिम तयारी भैरहेको छ । सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँने छव पर्वको अन्तिम तयारीका लागि पूजा सामग्री र विभिन्न मिष्ठान्नहरुको तयारीका लागि मानिसहरु किनेमेलमा लागेका छन् ।

विराटनगरमा छठपर्वको अन्तिम तयारी गरिँदै, फोटो : रमेश हतुवाली

विराटनगर मेनरोडस्थित गुद्रीबजारमा आज बिहान सबेरैदेखि पान, अदूवा, उखु, मुला, बेसार, पानीफल सिंगडा, नरिवल, ढाकी, माटाका दिया, कलस आदि किन्नेहरुको भिड लागेको छ । त्यसैगरी सुन्तोला, भोगटे, केरा, स्याउ, ओखर लगायतका फलफूल किन्नेहरुको पनि घुइचो रहेको छ । छठ पर्व लागेसँगै तरकारी र फलफूलको भाउ पनि आकासिएको छ ।

विराटनगरमा छठपर्वको अन्तिम तयारी गरिँदै, फोटो : रमेश हतुवाली

छठ पर्वको तयारीका लागि विराटनगरको हाटखोलास्थित सिंगियाघाट, सररस्वती टोल, पुष्पलालचौक, केशलीया खोला, कोशी प्रोजेक्टस्थित चतरानहरको शाखा लाईन लगायतका क्षेत्रहरुमा पूजा र अध्र्य दिनका लागि दर्जनौं टेन्टहरु टाँगिएको छ भने खोला, नदी र पोखरीहरुलाई केरा, उखु लगायतका वनस्पतीहरुले घेरिएको छ । त्यसैगरी पूजाआराधना गर्ने स्थानहरुलाई रंगीचंगी फूलमालाले सजाउन थालिएको छ ।

विराटनगरमा छठपर्वको अन्तिम तयारी गरिँदै, फोटो : रमेश हतुवाली

भोलि बिहीबार छठ पर्वको दिन व्रतालुहरू पानीसमेत नखाइकन निराहार बस्दछन् । साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई अस्ताउँदो सूर्यको पूजा गर्दछन् । छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देवतालाई चढाउँदछन् ।

विराटनगरमा छठपर्वको अन्तिम तयारी गरिँदै, फोटो : रमेश हतुवाली

प्रातःकालीन अर्घका लागि केही व्रतालुहरू रातभर पानीमा बसेर सूर्य नउदाउन्जेल सम्म पूजा गर्दछन् भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन् । भोलि जलाशय क्षेत्रमा रातभर भजन कीर्तन र नाचगान हुने गर्दछ । छठ पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ । छठ माताको पूजाआजा गरेपछि भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यो व्रत गर्नाले चर्मरोग छिटो निको हुने पनि विश्वास गरिन्छ । केही भक्तजन घरबाट साँझ र बिहान घर्सिंदै नदी वा पोखरीको किनारमा गई स्नान गरी व्रत पूरा गर्छन् । कतिले मनोकामना पूरा भएमा नाच नचाउने, पोखरीमा माटोको हात्ती राख्ने तथा दियो बाल्ने जस्ता कार्य पनि गर्छन् ।

विराटनगरमा छठपर्वको अन्तिम तयारी गरिँदै, फोटो : रमेश हतुवाली

विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय मुलुकका अन्य भेगमा पनि मनाउन थालिएको छ । सत्य र अहिंसाप्रति मानवको रुची बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने महान् छठ पर्व चार दिनसम्म मनाइन्छ । यो पर्वमा षष्ठी भगवतीको पूजाअर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गरिन्छ । छठ पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुका दूध, चामल र सख्खरको खीर बनाइ प्रसादको रुपमा ग्रहण गर्ने चलन छ ।

विराटनगरमा छठपर्वको अन्तिम तयारी गरिँदै, फोटो : रमेश हतुवाली

कात्तिक शुक्ल चतुर्दशीका दिनदेखि सुरु हुने छठ पर्व सूर्यको आराधना गरी मनाइन्छ । अत्यन्तै श्रद्धा र निष्ठाका साथ वत्र बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यको पुजा गरी मनाइने यो पर्व वर्षको दुई पटक चैत र कात्तिकमा मनाउने गरिन्छ । विधि विधानअनुसार मनाएमा आफ्ना सम्पूर्ण कष्ट हटेर जाने जनविश्वास रहिआएको छ ।

श्रद्धापूर्वक मनाइने छठ पर्वका लागि ढाकी, नाङ्लो, कोनियाँ, डगरी, उखु, केरा, हल्दी, अदुवा, निम्बु, मूला, नरिवल, पान, सुपारीसहितका फलफूल तथा माटोका हाथी, ढकनी, घैला र नयाँ व्रतालुका लागि नयाँ कपडा, घाट सजाउनमा प्रयोग हुने लगायका सामग्रीको प्रयोग गर्ने प्रचलन रहेको छ ।

Facebook Comments