Mon. Dec 23rd, 2024

चिनियाँ प्रधानमन्त्री ली छयाङ देशले विकास लक्ष्य हासिल गर्नेमा ‘पूर्ण विश्वस्त’   

साङ्घाई, २०८१ कात्तिक २० गते मंगलबार । चिनियाँ प्रधानमन्त्री ली छयाङले चीनका यस वर्ष आर्थिक लक्ष्यहरू प्राप्त गर्ने कुरामा आफू “पूर्ण रूपमा विश्वस्त” भएको मङ्गलबार बताउनु भएको छ ।

पैचिङले सन् २०२४ का लागि करिब पाँच प्रतिशतको वृद्धिको लक्ष्य राखेको छ । तर महामारीको कारण तेस्रो त्रैमासिकमा सबैभन्दा कम वृद्धि हासिल गरेको छ ।

सरकारले आर्थिक गतिविधि बढाउने उद्देश्यले दर कटौती खरिद विक्री प्रतिबन्धलगायतका उपायहरूको घोषणा गरेको छ, तर विश्लेषकहरूले हाल सम्म अभावको आलोचना गरिरहेका छन् ।

पर्यवेक्षकहरूले पैचिङमा चीनको संसदको शीर्ष निकाय नेसनल पिपुल्स कङ्ग्रेस (एनपीसी) को स्थायी समितिको आसन्न बैठकबाट प्रोत्साहनका लागि विशेष तथ्याङ्क आउन सक्ने आशा गरेका छन् ।

साङ्घाईमा एक प्रमुख अन्तर्राष्ट्रिय व्यापार प्रदर्शनीको उद्घाटन समारोहमा मङ्लबार बोल्दै लीले यस वर्षको लक्ष्यहरू र भविष्यमा चीनको अर्थतन्त्रको विकासमा पूर्ण रूपमा विश्वस्त रहेको बताउनु भएको हो ।

आर्थिक दबाबको सामना गर्नुपर्दा आर्थिक समायोजनहरू बढाउने आवश्यकता बीच वित्तीय तथा मौद्रिक नीतिहरूका लागि अपेक्षाकृत र नीतिगत उपकरणहरू प्रचुर मात्रामा रहेको उहाँको भनाई छ । मङ्गलबार प्रकाशित सूचकाङ्क अनुसार अक्टोबरमा चीनको सेवा क्षेत्रमा पनि गति बढेको छ ।

यस एण्ड पी ग्लोबल र चिनियाँ व्यापार मिडिया द्वारा गणना गरिएको सेवाहरूको लागि खरीद प्रबन्धक सूचकाङ्क सेप्टेम्बरमा ५०.३ बाट ५२ मा पुगेको छ । यो आँकडा जुलाईपछिको सबैभन्दा राम्रो हो ।

सिन्ह्वाका अनुसार सोमबार सांसदहरूले ऋणहरू प्रतिस्थापन गर्न स्थानीय सरकारको ऋण सीमा बढाउने विधेयकको समीक्षा गरेका छन् ।

साङ्घाईमा वार्षिक शोकेस ट्रेड शो चाइना इन्टरनेसनल इम्पोर्ट एक्सपो (सीआईआईई) मा बोल्दै लीले विदेशी लगानीका लागि थप उद्धारता अवलम्वन गर्न चीन प्रतिबद्ध रहेको बताउनु भएको छ ।

Facebook Comments