Mon. Dec 23rd, 2024

जापानद्वारा रक्षा सञ्चार उपग्रहसहितको एच–थ्री रकेट प्रक्षेपण     

टोकियो, २०८१ कात्तिक १९ गते सोमबार । जापानले सोमबार कागोशिमा प्रान्तको तानेगाशिमा अन्तरिक्ष केन्द्रबाट आफ्नो ध्वजाबाहक नयाँ एच–थ्री रकेट प्रक्षेपण गरेको छ ।

जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा) र मित्सुबिशी हेभी इन्डस्ट्रिजद्वारा विकसित एच–थ्री रकेट सफलतापूर्वक उपग्रहबाट अलग भएको छ ।

यो उपग्रहको उद्देश्य जापानको सेल्फ डिफेन्स फोर्सलाई अन्तरीक्षबाट सूचना आदानप्रदान बढाउने हो ।

जापानको एचथ्री रकेटले एच–२ ए रकेटको सञ्चालनलाई पूर्णरूपमा प्रतिस्थापन गर्ने तयारी गरेको छ । आर्थिक वर्ष २०२४ देखि अर्को मार्चसम्म ५० रकेटको प्रक्षेपण गरिने अपेक्षा गरिएको छ।

मार्च २०२३ मा यसको उद्घाटन प्रक्षेपणको विफलता र यस वर्ष दुई सफल मिशनपछि सोमवारको एच–थ्रीको प्रक्षेपण यो बर्ष गरिएको जापानको चौथो प्रक्षेपण हो ।

Facebook Comments