Sun. Dec 22nd, 2024

प्रधानमन्त्रीद्वारा तिहारको शुभकामनाः सबैको जीवनमा उमङ्ग छाओस्   

काठमाण्डू, २०८१ कात्तिक १८ आईतबार । प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार नेपालीहरूको महिमापूर्ण पर्व भएकाले यस अवसरवमा सबै नेपालीमा उमङ्ग छाओस् भन्नुहुँदै शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले भाइटीकाको अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र उमङ्गको कामना गर्दै भाइटीकाले दिदीबहिनी र दाजुभाइबीच थप स्नेह जागृत गर्ने विश्वास लिनुभएको छ । भाइटीकाका अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै उहाँले तिहार सबैकाे जीवनमा उज्यालो छर्ने चाड भएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, “यस वर्षको तिहारको आज अन्तिम दिन, दिदीबहिनी र दाजुभाइबीचमा स्नेह जागृत गर्ने महिमा बोकेको महान् पर्व भाइटीका, समस्त दिदीबहिनी तथा दाजुभाइको जीवनमा उज्यालो छाओस्, सुगन्ध फैलियोस्, सबैमा सुस्वास्थ्य, सुख, शान्ति र उमङ्गको कामना, सबैलाई भाइटीकाको शुभकामना ।” रासस

Facebook Comments