Fri. Nov 22nd, 2024

मिसाइल उत्पादनमा इजरायली आक्रमणको कुनै असर परेन– इरान   

तेहरान, २०८१ कात्तिक १४ बुधबार । इरानले बुधबार गत हप्ता त्यस्ता सुविधाहरूलाई लक्षित गरी गरिएका इजरायली हवाई आक्रमणहरूपछि पनि आफ्नो मिसाइल उत्पादन अक्षुण्ण रहेको बताएको छ ।

“मिसाइल जस्ता आक्रामक प्रणालीहरूको उत्पादन प्रक्रियामा कुनै अवरोध आएको छैन”, रक्षामन्त्री अजिज नसिरजादेहले पत्रकारहरूलाई भन्नुभयो, “शत्रुले हाम्रा रक्षात्मक र आक्रामक दुवै प्रणालीलाई क्षति पु¥याउने प्रयास ग¥यो ।”

इरान समर्थित लडाकू नेताहरू र रिभोल्युसनरी गार्ड्सका कमान्डरको हत्यापछि अक्टोबर १ मा भएको तेहरानको मिसाइल आक्रमणको जवाफमा इजरायलले शनिबार इरानका सैन्य स्थलहरूमा आक्रमण गरेको थियो ।

एएफपीका अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आक्रमणहरूले इरानको रक्षा क्षमता र मिसाइल उत्पादनमा प्रहार गरेको बताउनुभयो ।

इरानका सशस्त्र बलहरूले आक्रमणमा चार सैनिकको मृत्यु भएको र केही राडार प्रणालीहरूमा ‘सीमित क्षति’ पुगेको बताए । इरानी सञ्चार माध्यमले एक सर्वसाधारणको पनि मृत्यु भएको बताएका छन् ।

इजरायलले इरानलाई प्रतिकार नगर्न चेतावनी दिएको छ । तेहरानले भने युद्ध नचाहको भन्दै ‘उपयुक्त जवाफ’ दिने प्रतिबद्धता जनाएको छ ।

Facebook Comments