Wed. Oct 30th, 2024

पूर्वउपाध्यक्ष सैँजुको निधन   

काठमाण्डू, २०८१ कात्तिक १४ बुधबार । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. मोहनमान सैँजुको ८३ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि पार्किनसन रोगसम्बन्धी समस्या झेल्दै आउनुभएका सैँजुको सानेपास्थित आफ्नै निवासमा मङ्गलबार साँझ निधन भएको उहाँको छोरी मीता प्रधानले जानकारी दिनुभयो । उहाँले अमेरिकाका लागि नेपाली राजदूत, गरिबी निवारण कोषको उपाध्यक्ष, राष्ट्रिय योजना आयोगको सदस्य, त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष तथा सेडाको प्रमुख विशेषज्ञ भई काम गर्नुभएको थियो । सुप्रवल गोर्खा दक्षिण बाहु, महेन्द्र विद्या भूषण, प्रवल त्रिशक्ति पट्टबाट उहाँ सुशोभित हुनुहुन्थ्यो ।

राससका अनुसार  पूर्वराजदूत सैँजुका आर्थिक, सामाजिक तथा विकास नीतिसम्बन्धी एक सय ५० भन्दा धेरै लेख विभिन्न पत्रपत्रिकामा अङ्ग्रेजी तथा नेपाली भाषामा प्रकाशित छन् । श्रीमती, एक छोरा, एक छोरी हुनुहुन्छ । उहाँको शुक्रबार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

Facebook Comments