Thu. Nov 21st, 2024

शेयर बजार उच्च अंकले वृद्धि

भिओके समाचार/काठमाण्डू, २०८१ कात्तिक १३ गते मंगलबार । सेयर बजार परिसूचक (नेप्से) उच्च अंकले बढेको छ । ४६.६८ अंकले बजार बढ्दै परिसूचक २६९२ बिन्दुमा चढेको छ ।

यसअघि चार कारोबार दिनपछि सोमबार बजार २७ अंकले उकालो लागेको थियो ।

मंगलबार २२१ कम्पनीको सेयर मूल्य बढेको छ । १७ कम्पनीको घट्दा ५ कम्पनीको मूल्य स्थिर रह्यो । मंगलबार १ करोड ३३ लाख ७३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । यसले गर्दा कुल ६ अर्ब १२ करोड ८२ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

मंगलबार सप्तकोशी विकास बैंक, सानिमा जीआईसी इन्स्योरेन्स र कुथेली बुखरी सानो जलविद्युत् आयोजनाको मूल्यमा सकारात्मक सर्किट लाग्यो । कारोबार रकमका हिसाबले समृद्धि फाइनान्स शीर्ष स्थानमा छ । यसको २४ करोड ७१ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । मंगलबार नेप्सेमा सूचीकृत सबै उपसमूहको सूचक बढेको छ ।

Facebook Comments