Mon. Jun 15th, 2026

जीवन अग्निपरीक्षा हो !

       
काठमाडौं, २०७७ साउन ४ गते आईतबार
भावना न्यौपाने भवानी
जीवन अग्निपरीक्षा हो!
जीवन चक्रको वृताकारमा घुम्दै
कहिले पालुवा पलाउँछन्
कहिले पतझर भै रित्तो बनाउँछन्
कहिले हृदयद्वारमा हर्षको बाढी बगाउँछन्
कहिले उदासिन सन्नाटामा हुइक्याँउछन्
जीवन सुख र दुखको दोभान रहेछ।
कहिले बुझ्न सकिएन जीवनको परिभाषा
चिनेर पनि बुझिएन जीवनको यात्रा
अनन्त पदचापहरुमा कहिले शीतल बहार आउँछन्
कहिले बिझाउन काँडै काँडा टुसाउँछन्
जीवनको अविश्रान्त गतिमा
अनेकौँ सुनामी आउँछन्
जीवन अश्रु र मुस्कानको सङ्गम रहेछ ।
मानव भएर जन्मिएको यो जीवन
मानव बन्न सकेँ कि सकिन?
मानवको जस्तो व्यवहार गरेँ कि गरिन?
एउटा अध्याय तोकेर असल कर्म गर्न ईश्वरले यहाँ पठाउँछन्
मेरो जिन्दगीले कसैलाई बिझायो कि?
अञ्जानमा कसैलाई दुखायो कि?
अचेल मेरो मस्तिष्कको शब्द कोषमा
यस्तै यस्तै अनेकौँ प्रश्नहरु आउँछन् ।
त्यसैले यो जीवन अग्निपरीक्षा रहेछ।
Facebook Comments

सम्बन्धित समाचार