Sun. May 5th, 2024

चीनको सत्तारुढ पार्टीलाई बदनाम गर्ने अमेरिकी राजनीतिज्ञको कपटी र धूर्त विचार

काठमाडौं, २०७७ साउन ३ गते शनिबार

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ,राष्ट्रिय सुरक्षा ममिला सहायक रोबर्ट ब्रिएन लगायत चीन विरुद्ध राजनीतिज्ञहरुले कम्युनिष्ट पार्टी र चिनियाँ जनताबीचको सम्बन्धलाई ध्वस्त पार्ने प्रयास गरेका छन्।

हार्वर्ड विश्वविद्यालयले हालै चौध वर्षसम्म अनुसन्धान गरेर प्रकाशित एक प्रतिवेदन अनुसार धेरै वर्षयता चिनियाँहरुले केन्द्रीय सरकारप्रतिको सन्तुष्टि दर ९० प्रतिशतभन्दा बढी पुगेको छ जसबाट चिनियाँहरुले चीनको सत्तारुढ पार्टीलाई उच्च विश्वास र समर्थन गरेको प्रतिबिम्बित भएको छ।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार लगभग एक सय वर्षको इतिहास रहेको ठूलो पार्टी चिनियाँ कम्युनिष्ट पार्टीले स्थापनाकालदेखि जनताका लागि प्रयास गर्दै जनतामा निर्भर हुने सिद्धान्त स्पष्ट सम्बोधन गरेको छ। कोभिड-१९ महामारी फैलिएको अवधिमा सबै हालतमा ज्यान बचाउनु नै चीनको सत्तारुढ पार्टीको महामारी रोकथाम तथा नियन्त्रणको प्रथम विचार हो। सम्बन्धित तथ्याङ्कअनुसार चीनमा हरेक कोभिड-१९ संक्रमित जनताको औषधोपचार खर्च लगभग २३ हजार चिनियाँ युआन रहको छ।

गम्भीर बिरामीको औसत औषधोपचार खर्च १ लाख ५० हजार युआन पुगेको छ भने केही अझै गम्भीर बिरामीका लागि दश लाख युआनको खर्च आवश्यक छ। यी खर्च सबै राष्ट्रले वहन गरेको छ। त्यसैले १ अर्ब ४० करोड चिनियाँहरुले एकताबद्ध भएर महामारीको रोकथाम तथा नियन्त्रणमा महत्वपूर्ण रणनीतिक उपलब्धि पाएका छन्।1

हाल अमेरिकामा कोभिड-१९ संक्रमित जनसंख्या र मृत्यु भएको संख्या विश्वमा सबैभन्दा बढी छ। मानव अधिकारलाई ध्यान नदिएका केही अमेरिकी राजनीतिज्ञहरुले यस अवस्थामा अपरिहार्य जिम्मेवारी लिएका छन्। चीनको सत्तारुढ पार्टीलाई बदनाम गरेर सर्वसाधारणको नजरलाई स्थानान्तरण गर्नुभन्दा ती राजनीतिज्ञहरुले आफ्नो जिम्मेवारी लिन आवश्यक छ।

Facebook Comments