Sun. Mar 16th, 2025 07:59:52

सिन्धुपाल्चोकमा पहिरोले फेरि घर बगायो, एकै परिवारका पाँच बेपत्ता

काठमाडौं, २०७७ साउन १ गते बिहीबार

गएराति परेको अविरल वर्षाका कारण खसेको पहिरोमा परी सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ फुल्पिङकट्टीको माथिल्लो भेगमा दुई घर बगेको छ भने पाँच जना बेपत्ता भएका छन्। राति १:३० बजे वर्षासँगै झरेको पहिरोमा घर परेको भोटेकोशी गाउँपालिका उपाध्यक्ष दाबुटी शेर्पाले जानकारी दिइन।

पहिरोमा परी दुई घरका पाँच जना बेपत्ता भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले बताए। उनीहरु एकै परिवारको भएको बुजिएको छ। अन्नपूर्ण पोष्ट दैनिक अनलाईनबाट

Facebook Comments