Sat. Apr 20th, 2024

यसरी मनाइयो भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती

काठमाडौं, २०७७ असार २९ गते सोमबार

आज असार २९ गते, आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती मनाइँदैछ । कोरोना भाइरस सङ्क्रमणको कारण यस पटकको भानुजयन्ती प्रज्ञाभवन कमलादीका साथै मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

भाषा विचार आचारप्रदानको सशक्त माध्यम मात्र होइन । यो संस्कृतिको संवाहक पनि हो । यसैले आदिकवि भानुभक्त आचार्यको भाषा साहित्यप्रतिको ऐतिहासिक योगदानको सामयिकता र सान्दर्भिकता अझै विद्यमान देखिन्छ । उहाँकाे योगदानलाई सिर्जनात्मक रूपमा ग्रहण गर्ने हो भने अहिले देखापरेका भाषिक विवाद र समस्या समाधान गर्ने दृष्टिचेत प्राप्त गर्न सकिने विज्ञ बताउँछन् ।

बर्सेनि भानुको भूमिका र योगदानलाई पुनःपठन, वाचन र पुनरुक्ति मात्र नगरी पुनःसृजन गरेर लागिपर्नु चाहिँ विषय विज्ञजनको बुद्धिमानी हो । महान् व्यक्तिको गुणगान मात्र नगरी गुणग्रहण गर्नु दूरगामी महत्वको विषय हो । गोरखापत्र अनलाईनबाट

 

 

Facebook Comments