Sun. Oct 20th, 2024

कञ्चनपुरमा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता   

दोधारा चाँदनी (कञ्चनपुर), २०८१ कात्तिक ४ गते आइतबार । कञ्चनपुरको बेदकोट नगरपालिका–८ स्थित गैलनदीमा बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । सो प्रतियोगिताको शुभारम्भ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गर्नुभयो । नेपाल बुद्धिचाल महासङ्घ, काठमाण्डू स्पोर्टस् एकेडेमी र बेदकोट नगरपालिका–८ को संयुक्त आयोजनामा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिातको उद्घाटन गर्दै नेता नेपालले नेपालको नेपालको राजनीति मौसम जसरी परिवर्तन भइरहेको छ । छिटोछिटो हुने सरकार परिर्वतनले जतनाको चाहनाअनुसार काम गर्न नसकिएको उहाँको भनाइ थियो । प्रतियोगितामा हार जित हुने भन्दै उहाँले खेलाडीहरूलाई उच्च मनोवलका साथ प्रतियोगितामा सहभागी हुन आग्रहसमेत गर्नुभयो । “तन र मन दुवै ठिक राख्न जरुरी हुन्छ”, उहाँले भन्नुभयो, “त्यसका लागि खेलकुद प्रतियोगिता भइराख्नु आवश्यक हुन्छ ।”

प्रतियोगिता संयोजक नारायणदास गमालले तीन विधामा प्रतियोगिता सञ्चालन भइरहेको जानकारी दिनुभयो । “तीनवटा विधामा प्रतियोगिता सञ्चालन भइरहेको छ”, उहाँले भन्नुभयो । उहाँले भन्नुभयो, “प्रथम राष्ट्रिय ब्लिट्ज बुद्धिचाल, दोस्रो राष्ट्रिय ¥यापिड बुद्धिचाल च्याम्पियनसिप र तेस्रो नेकोस राष्ट्रव्यापी फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता हुन्छ ।” उहाँका अनुसार तेस्रो नोकोसको क्लासिकल खेल स्वीस सिस्टम लिगमा आधारित ६० मिनेट प्लस ३० सेकेण्ड प्रतिचाल नौ राउण्डको हुनेछ । त्यसैगरी ¥यापिड स्वीस लिगकै १५ मिनेट प्लस १० सेकेण्ड प्रतिचालको नौ राउण्ड र ब्लिट्ज स्वीस लिगकै तीन मिनेट प्लस दुई सेकेण्ड प्रतिचालको नौ राउण्डमा हुनेछ ।

प्रथम राष्ट्रिय ब्लिट्ज बुद्धिचाल च्यापियनसिपको प्रथम पुरस्कार रु २५ हजारसहित २० खेलाडीलाई कुल रु ८३ हजार पाँच सय, दोस्रो राष्ट्रिय ¥यापिड बुद्धिचाल च्याम्पियनसिपमा प्रथम पुरस्कार रु ३० हजारसहित अन्य २० खेलाडीलाई कुल रु एक लाख ३१ हजार पाँच सय र तेस्रो नेकोस राष्ट्रव्यापी फिडेरेटिङ बुद्धिचाल प्रतियोगितामा प्रथम पुरस्कार रु ६० हजारसहित २५ खेलाडीलाई रु दुई लाख ५५ हजार नगदका साथै प्रमाणपत्र र मेडल उपलब्ध गराइने छ । प्रतियोगिताका संयोजकका अनुसार ६५ खेलाडीलाई कुल रु चार लाख ७० हजार नगद पुरस्कार वितरण गरिने अयोजकले जनाएको छ ।

Facebook Comments