जनवादी गणतन्त्र चीन स्थापनाको ७५ औँ वार्षिकोत्सव विशेष
काठमाण्डू, २०८१ असोज १५ गते मंगलबार । जनवादी गणतन्त्र चीन स्थापनाको ७५ औँ वार्षिकोत्सवको अवसरमा आज बिहान चीनको राजधानी पैचिङस्थित थियान आनमन स्क्वायरमा एक भव्य समारोहबीच चीनको राष्ट्रिय झण्डा फहराईएको छ ।
सो समारोहमा चिनियाँ जनमुक्ति सेनाका जवानहरुले कवाज प्रस्तुत गर्दै मार्च पास गरेका थिए भने चिनियाँ जनमुक्ति सेना (पीएलए) गार्ड अफ अनरका ९६ जना सदस्यहरूले राष्ट्रिय झण्डा फहराएका थिए । सो समारोहमा झण्डै ५० हजार सर्वसाधारणको उपस्थिती रहेको थियो ।
आज बिहान सबेरै देशभरबाट हजारौं दर्शकहरू थियान आनमन स्क्वायरमा भेला भएर रमाईलो क्षणको साक्षी हुन घण्टौदेखि पर्खिरहेका थिए । राष्ट्रिय झण्डा फहराएको हेरेर उनीहरुले चिनियाँ राष्ट्रिय गान पनि गाएका थिए । त्यसैगरी राष्ट्रिय दिवसको लागि सजाइएको १८ मिटर अग्लो आकर्षक फूलको ढाकी विश्वको सबै भन्दा ठूलो चौकको रुपमा चिनिएको थियान आनमन चौकको बीचमा सजाइएको थियो ।
यसैगरी चीनको हङकङ विशेष प्रशासनिक क्षेत्रस्थित सरकारले जनवादी गणतन्त्र चीन स्थापनाको ७५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आज बिहान झण्डा फहराउने र स्वागत समारोहको आयोजना गरेको थियो । हङकङको गोल्डेन पाओहिनिया चौकमा चीनको राष्ट्रिय झण्डा र हङकङ विशेष प्रशासनिक क्षेत्रको झण्डा फहराइएको थियो भने सैयौं मानिसहरुले एकसाथ राष्ट्रिय गानमा सहभागिता जनाएका थिए ।
त्यसलगत्तै भिक्टोरिया हार्बरमा अनुशासित सेवाहरूद्वारा फ्लाई पास्ट र समुद्री परेडको आयोजना गरिएको थियो । चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका उपाध्यक्ष लिउङ चुन यिङ, हङकङका प्रमुख कार्यकारी जोन ली, हङकङको केन्द्रीय जनसरकारको सम्पर्क कार्यालयका अधिकारीहरू र हङकङका विभिन्न क्षेत्रका व्यक्तिहरूले उक्त समारोहमा भाग लिनुभएको थियो ।
त्यसैगरी मकाउ विशेष प्रशासनिक क्षेत्रको सरकारले पनि जनवादी गणतन्त्र चीन स्थापनाको ७५ औँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमहरुको आयोजना गरी भव्य रुपमा मनाएको छ ।
सो समारोहमा चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका उपाध्यक्ष हो हाउ वाह, मकाउ एसएआरका प्रमुख कार्यकारी हो इट सेङ, मकाउ एसएआरमा केन्द्रीय जन सरकारका सम्पर्क कार्यालयका प्रतिनिधिहरू, परराष्ट्र मन्त्रालयका आयुक्तको कार्यालयका प्रतिनिधिहरू, मकाउ एसएआरमा चीनका मामिलाहरू र मकाउ एसएआरमा चिनियाँ जनमुक्ति सेना ग्यारिसनका साथै मकाउ समाजका जीवनका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूले समारोहमा भाग लिनुभएको थियो ।
नयाँ चीन स्थापनाको ७५ औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा चीनका राष्ट्राध्यक्ष सि चिनफिन, प्रधानमन्त्री लि छयाङ लगायतका उच्च पदस्थ नेताहरुले जनवृहत सभा भवनमा आयोजित स्वागत समारोहमा सहभागीता जनाउनुका साथै विभिन्न क्षेत्रमा विशिष्ठता हासिल गरेका महानुभाव र विदेशी कुटनीतिज्ञहरुसँग रात्री भोज गर्नुभएको थियो ।