Mon. Dec 23rd, 2024

प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति जो वाइडेनबीच भेटवार्ता

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका क्रममा अमेरिकी राष्ट्रपति जो वाइडेनद्वारा आयोजित स्वागत समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रथम महिला राधिका शाक्य । तस्बिर : प्रधानमन्त्रीको सचिवालय / रासस

काठमाण्डू, २०८१ असोज ११ गते शुक्रबार । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुन अमेरिकाका पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति जो वाइडेनबीच भेटवार्ता भएको छ।

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी जनाउने सिलसिलामा दुवै नेताबीच आज भेटवार्ता भएको हो ।

राससका अनुसार महासभामा सरिक हुन पुग्नु भएका विभिन्न देशका सरकार तथा राष्ट्रप्रमुखहरुलाई स्वागत गर्ने क्रममा उहाँहरुबीच भेटवार्ता भएको हो । अमेरिकी राष्ट्रपति वाइडेन र प्रथम महिला जिल वाइडेनले न्यूर्कमा सो स्वागत समारोहको आयोजना गर्नुभएको थियो ।

Facebook Comments