Tue. Jul 28th, 2026

चीनद्वारा सिन्च्याङ मामिला खराब पार्ने अमेरिकी संस्था र व्यक्तिमाथि प्रतिवन्ध

       

काठमाडौं, २०७७ असार २६ गते शुक्रबार

अमेरिकी विदेश मन्त्रालय र वित्तीय मन्त्रालयले जुलाई ९ तारिख अमेरिकी कानून बमोजिम एउटा चिनियाँ सिन्च्याङ सरकारी संस्था र ४ जना पदाधिकारीमाथि प्रतिवन्ध लगाउने घोषणा गरेका छन्।

यस सन्दर्भमा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली चेनले १० तारिख अमेरिकाको त्यस गलत कारवाई लक्षित गरी सिन्च्याङ सम्बन्धित समस्या खडा गर्ने अमेरिकी संस्था र व्यक्तिमाथि उस्तै नाकाबन्दी गर्ने निर्णय गरेको जानकारी दिनुभएको छ।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार  आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता चाउले अमेरिकाको सम्बद्ध कारवाईले गम्भीर रुपमा चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै त्यो गतिविधि अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत नियम विपरीत हुनुका साथै चीन-अमेरिका सम्बन्धलाई निकै ध्वस्त पारेको कुरा औँल्याउनुभएको छ। चीनले दृढताका साथ त्यस कारवाईको विरोध गरेको र कडा शब्दमा त्यसको निन्दा गरेको कुरामा पनि प्रवक्ता चाउले जोड दिनुभएको छ।

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read