Fri. Jun 5th, 2026

श्री एयरलाइन्सले भोलिबाट काठमाण्डू-भरतपुर उडान भर्ने

       

चितवन, २०८१ असोज १७ गते बिहीबार । श्री एयरलाइन्सले भोलिदेखि काठमाण्डू-भरतपुर–काठमाण्डू रुटमा उडान भर्ने भएको छ ।

कम्पनीले क्यु४००-८ को ८० सिटे जहाजबाट उडान भर्न लागेको जनाएको छ । “शुक्रबारदेखि चार्टर्ड उडान गरी असोज २३ गतेदेखि नियमित उडान गर्ने तयारी गरेका छौँ”, राससका अनुसार  कम्पनीका कर्पाेरेट निर्देशक अनिल मानन्धरले भन्नुभयो, “नियमित उडान सुरु भएपछि उक्त रुटमा दैनिक दुई वटा उडान हुनेछ ।” धावनमार्ग छोटो भएकाले जहाजका सबै सिटमा यात्रु लैजान सम्भव छैन ।

एक पटकमा ५० देखि ६० जना यात्रु उडान गर्ने तयारी छ । उहाँका अनुसार एकतर्फी भाडा रु चार हजार पाँच सय राखिएको छ । अहिले भरतपुर-काठमाण्डू-भरतपुर रुटमा बुद्ध एयरले एटिआर-४२ मार्फत दैनिक नौ वटा उडान भर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read
1 min read