Mon. Dec 23rd, 2024

चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अमेरिकाको षडयन्त्र विफल हुने:चाउ ली चेन

काठमाडौं, २०७७ असार ५ गते शुक्रबार

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली चेनले जुन १९ तारिख पैचिङमा चीनको सार्वभौमिकता, सुरक्षा र विकास हितको संरक्षण गर्ने अठोटमा चीन डटिरहनुका साथै सिन्च्याङको विकास, स्थिरता र जातीय एकताको संरक्षण गर्ने अठोट पनि अचल अटल हुने कुरा बताउनुभएको छ। अमेरिकाले सिन्च्याङ समस्याको दुरूपयोग गर्दै चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न, चीनको स्वभावलाई बंग्याउन र चीनको विकासलाई रोक्न खोजेको षड्यन्त्र विफल हुने कुरा पनि उहाँले औँल्याउनुभएको छ।

चाइना मिडिया ग्रुप अन्तर्गत चाइना ग्लोबल टेलिभिजन नेटवर्क सीजीटीएनले जुन १९ तारिख “शानदार थेन शान पहाड–चीनको सिन्च्याङ आतंकवाद विरोधी स्मरण” शीर्षकको वृत्तचित्रको प्रसारण गरेको छ। अमेरिकाले जथाभावी रुपमा तथाकथित “युगुर मानव अधिकार नीतिको कानुनी मस्यौदा २०२०”लाई ऐन-कानुनको रुपमा हस्ताक्षर गरेको परिप्रेक्ष्यमा सो वृत्तचित्रले अधिकांश तथ्य कुरामार्फत आतंकवादी तत्वहरूले सिन्च्याङमा मच्चाएका शृंखलाबद्ध अपराधी गतिबिधिलाई भण्डाफोर गरेको छ।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार  चीन सरकारले कानुन बमोजिम सिन्च्याङमा आतंकवाद विरोधी र उग्रवादलाई मेटाउने संघर्ष चलाउने आवश्यकता र प्राप्त फलदायी उपलब्धिलाई पनि त्यस वृत्तचित्रले देखाउनुका साथै अमेरिकी राजनीतिज्ञले सिन्च्याङको नाउँमा निकालेका विविध झुटलाई पनि सशक्त रुपमा अनावरण गरेको छ।

Facebook Comments