Fri. Apr 26th, 2024

पुनरूत्थान हुँदै चिनियाँ अर्थतन्त्र

काठमाडौं, २०७७ असार २ गते मंगलबार

कोरोना भाइरसको कारण कमजोर भएको चिनिया अर्थतन्त्र क्रमस पुनरूत्थान तर्फ लागेको छ ।

 चीनको राष्ट्रिय तथ्याङक विभागले जुन १५ तारिख गत मे महिनाको आर्थिक सञ्चालनको तथ्याङक सार्वजनिक गरेको छ। सो तथ्याङक अनुसार मे महिनामा आर्थिक सूचकांक निरन्तर सुधार हुँदै आर्थिक सञ्चालन पुनरूत्थान हुँदै जाने देखिन्छ। विदेश र स्वदेशबाट आएको बाहिरी तथा भित्री दबावको समाधान गर्ने क्रममा चीनको आर्थिक विकासको क्षमता बलियो देखिन्छ। यसैले चीनको अर्थतन्त्रले हालको अस्थायी कठिनाइलाई जित्न सकिने र निरन्तररूपमा विकास बनाउने सम्भावना देखिन्छ।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार मे महिनामा चीनको उद्योगको उत्पादन स्थिररूपमा पुन बृद्धि हुँदै राष्ट्रव्यापी उद्योगीय बृद्धिदर गत बर्षको तुलुनामा ४.४ प्रतिशतले बृद्धि भएको छ। सेवा उद्योगको उत्पादनको मात्रा गत बर्षको तुलनामा १ प्रतिशतले बृद्धि भएको छ। बजारको बिक्री पनि पुनरूत्थान हुँदैआएको साथै नागरिकको उपभोग्य मूल्य पनि २.४ प्रतिशतले बृद्धि भएको छ। शहरी बेरोजगार दर ५.९ प्रतिशत रहेको छ भने गत महिनाभन्दा ०.१ प्रतिशतले घटेको देखिन्छ।

जर्मनी बैंकका पहिलो आर्थिक विषेशज्ञ एवं आसियान क्षेत्रको अध्ययन विभागका प्रमुख माइकल स्पेन्सरले चीनको आर्थिक पुनरूत्थान शक्ति बलियो भएको र चीनको आन्तरिक आवश्यकताले दोस्रो सिजनमा आर्थिक विकासलाई गत महिनाको तुलनामा ५ देखि ६ प्रतिशतले बृद्धि गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो।

महामारीको रोकथाममा उच्च प्राविधिक उद्योगले चीनको आर्थिक विकासमा नयाँ शक्ति थप गरेको देखिन्छ। मे महिनामा उच्च प्राविधिक उद्योगको उत्पादनको बृद्धि मात्रा ८.९ प्रतिशत छ। क्वालकम ग्रुपका विश्वव्यापी उप निर्देशक शन चिनले चीन ५ जी प्रविधिको क्षेत्रमा विश्वभरी विकसि भएको कारण क्वालकम ग्रुपले चीनमा लगानी गर्ने विश्वास रहेको बताउनु भएको छ।

महामारीको रोकथाम तथा कठिन बेला चीनले स्वदेशको अर्थतन्त्रलाई पुनरूत्थान गर्न साथै अन्तर्राष्ट्रिय समाजको साथमा विश्वको आर्थिक विकासमा अरू शक्ति थप्ने प्रयास भएको छ।

Facebook Comments