Mon. Jun 15th, 2026

सन् २०२४ “बेल्ट एण्ड रोड” मिडिया सहयोग मञ्च छङतुमा

       

काठमाण्डू, २०८१ भदौ १३ गते बिहीबार । सन् २०२४ “बेल्ट एण्ड रोड” मिडिया सहयोग मञ्च २८ तारिख सछ्वान प्रान्तीय छङतुमा आयोजना गरिएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय राजनीतिक ब्यूरोका सदस्य एवम चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको प्रचार विभागका प्रमुख ली शुलेइले उद्घाटन समारोहलाई सम्बोधन गर्नुभएको छ।

मञ्चमा उपस्थित अतिथिहरूले चीनबाट सुरु भएको “बेल्ट एण्ड रोड” पहल र त्यसबाट प्राप्त नतिजा र अवसर विश्वको भएको बताएका छन्। उहाँहरूले सन् २०१३ मा राष्ट्राध्यक्ष सी चिनफिङले सो पहल प्रस्तुत गरेदेखि “बेल्ट एण्ड रोड” अन्तर्राष्ट्रिय सहयोग सुरुदेखि नै बढ्दै गएको र फस्टाउँदै गएको भन्दै यसले ठोस र पर्याप्त उपलब्धि हासिल गरेको तथा विश्वलाई जोड्ने चित्र कोरेको व्यक्त गरेका छन्।

उपस्थित अतिथिहरूले मिडिया नै विकासको उपलब्धि देखाउने झ्याल र व्यावहारिक सहयोगलाई प्रवर्द्धन गर्ने एउटा कडी भएकोले विभिन्न पक्षबीच सहकार्यको कथालाई संयुक्त रूपमा सुनाउन र व्यवहारिक विकासको प्रवर्द्धन गर्ने जिम्मेवारी वहन गर्न तथा त्यसको गहिराइमा रिपोर्ट गर्नुपर्नेमा जोड दिएका छन्। सीएमजी

Facebook Comments

सम्बन्धित समाचार