Tue. Apr 16th, 2024

चीनमा शैक्षिक लगानी ५० खर्ब आरएमबी

काठमाडौं, २०७७ जेठ ३२ गते आईतबार

सन् २०१९मा चीनभरी लगाइएको शैक्षिक क्षेत्रमा गरिएको लगानी रकम ५० खर्ब १७ अर्ब ५० करोड चिनियाँ युआन पुगेको छ जुन गत वर्षको सोही अवधिको तुलनामा ८.७४ प्रतिशतले वृद्धि भएको छ। यो नै चीनमा गरिएको शैक्षिक लगानी ५० खर्ब नाघेको यो पहिलो पटक हो। चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार उक्त जानकारी चीनको शिक्षा मन्त्रालयले जुन १३ तारिख सार्वजनिक गरेको ‘चीनमा शैक्षिक लगानीको कार्यान्वयन अवस्था २०१९’मा दिइएको हो।

प्राप्त जानकारी अनुसार, सन् २०१९मा शिशुविद्यालयमा भएको लगानी ४ खर्ब ९ अर्ब ९० करोड थियो जुन गत वर्षको तुलनामा ११.६३ प्रतिशतले वृद्धि भएको छ। अनिवार्य शिक्षामा (६ वर्षको प्राथमिक स्कूल तथा ३ वर्षको प्राथमिक स्कूल) लगाइएको लगानी २२ खर्ब ७८ अर्ब थियो जुन गत वर्षको तुलनामा ९.१२ प्रतिशतले वृद्धि भएको छ। उच्च प्राथमिक स्कूल शिक्षामा गरिएको लगानी ७ खर्ब ७३ अर्ब थियो जुन गत वर्षको तुलनामा ७.५३ प्रतिशतले वृद्धि भएको छ। उच्च शिक्षा (विश्वविद्यालय)मा भएको लगानी १३ खर्ब ४६ अर्ब ४० करोड थियो जुन गत वर्षको तुलनामा ११.९९ प्रशितले वृद्धि भएको छ।

Facebook Comments