Thu. Oct 24th, 2024

माओवादी केन्द्रको परामर्श बैठक जारी   

काठमाण्डू, २०८१ भदौ ८ गते शनिबार । नेपाद कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ ।

शुक्रबारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूले आआफ्ना विचार व्यक्त गरिरहनुभएको छ । बैठक आज सम्पन्न हुनेछ ।  रासस

Facebook Comments