२०८३ आश्विन ६, मंगलवार

हामी अडिए मात्रै पनि हाम्रो भूमि जोगाउन सक्छौँः प्रधानमन्त्री

       

काठमाडौं, २०७७ जेठ २८ गते बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीले सबैको साझा प्रयासले नयाँ नक्सा जारी भएको बताउनुभएको छ । उहाँले हाम्रो पुर्खाले लडेर बनाएको र जोागाएको कारणले हामी अहिले अडिएर बसे पुग्ने बताउनुभएको छ । सङ्घीय  प्रतिनिधिसभा बैठकलाई  सम्बाेधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले संसदले पुर्खाले जोगाएको कुरामा अडिन खेलेको भूमिका निक्कै सराहनीय रहेको बताउनुभयो ।

उहाँले भन्नुभयाे, ‘कसले जस लिने र श्रेय लिने ? कसकाे देवत्वकरण गर्ने भन्ने कुरा हैन ।  लामो समयदेखि जनस्तरबाट उठेको छ । हामीले कसैले जस पाउला भनेर चिन्ता गर्न पर्दैन यो सबैको साझा कुरा हो । यसको जस कसैले लिँदैन । यो सबैको विजय हो । हामी फराकिलो भावनाले अघि बढाएका छौँ । जसका लागि सबै सर्वदलिय र सर्वपक्षिय बैठक अनुसार नै प्रयास अघि बढेको हो ।’

एक्कासि बाँध फुटेर बाढी जसरी कोरोना आयो

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको अवस्था भयाभह देखिएको बताउनुभयाे । ‘यहाँ फैलिएको कोरोना ८५ प्रतिशत भारतबाट आएका व्यक्तिबाट देखिएको छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले एक्कासी बाँध फुटेर बाढी आएजस्तो भएको बताउनुभयाे ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘म कसैलाई दोष दिन चाहन्न । हाम्रोमा अरुकोमा भयाभह अवस्थामा रहँदासमेत हाम्रोमा शून्य थियो । हाम्रोमा चेकजाँच गर्ने मेसिन नभएर हङकङमा सुरुमा पीसीआर चेकजाँच गरेका छौँ । अहिले हाम्रोमा २१ वटा मेसिनले चेकजाँच गरिरहेका छौँ ।’

केही ठाँउमा व्यवस्थापनमा केही गम्भीर त्रुटिसमेत भएको उहाँले स्वीकार्नुभयो । उहाँले भन्नुभयो, ‘त्यस्तो गल्ती अब दोहाेर्याउन नदिने प्रयासमा छौँ । एकै प्रदेशमा मेसिन एक ठाउँमा पार्ट, अर्काे ठाँउमा गएको छ त्यसलाई जोड्न पाएको छैन । त्यसलाई चुस्त र दुरुस्त बनाउनेछौँ ।’

प्रधानमन्त्री ओलीले सुरुमा लकडाउनको नीति लिएर सरकारले उचित निर्णय  गरेको बताउनुभयाे ।  ५० हजार मानिसलाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार व्यवस्थापन गर्नु सस्तो, सजिलो र सहज विषय नभएकाे बताउनुभयाे ।

प्रधानमन्त्रीले भारतबाट आएका नागरिकहरू थेक्न निकै गाह्रो रहेकाे र कात्तिकसम्म पनि यस्तै अवस्था रहेकाे देखिएकाे बताउनुभयाे । भन्नुभयाे, ‘साउनमा  धेरै उच्चविन्दुमा पुग्ने  देखिन्छ ।’ चाडपर्वमा विदेशमा बसेका मान्छेहरू आउँदा क्वारेनटाइनकाे भार थपिन सक्ने सम्भावना औल्याउनु भयो ।

प्रधानमन्त्रीले स्थानीय तहहरूको काम गराइबाे प्रशंसा गर्नुभयाे । भन्नुभयाे, ‘एउटा नाकामा १० हजार थपिनुभएको छ । खाने कहाँ ? राख्ने कसरी ? घर पठायो भने समुदाय सोत्तर होला भन्ने समस्या । स्थानीय तहले कसरी काम गर्नुभएको होला ? उहाँहरू त फिल्डमा खतरासँग लडेर काम गर्नुभएकाे छ ।’ उहाँले यस्तो विपदको बेला भ्रष्टाचार सह्य नहुने बताउनुभयाे । गोरखापत्र अनलाईनबाट

Facebook Comments