Fri. Oct 18th, 2024

पूर्वराष्ट्रपति भण्डारीद्वारा रक्षाबन्धन ग्रहण   

काठमाण्डू, २०८१ भदौ ३ गते सोमबार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रक्षाबन्धन ग्रहण गर्नुभएको छ ।

उहाँले वेद विद्याश्रम वनकालीका गुरु शालिकराम ढकालसहित बटुकहरूबाट रक्षाबन्धन ग्रहण गर्नुभएको हो । त्यस अवसरमा बटुकहरूले स्वस्ति वाचन गरेका थिए ।

जनैपूर्णिमा (रक्षाबन्धन) का दिन गुरु पुरोहित, आफन्तजन एवं इष्टमित्रसँग जनै लगाउने र रक्षाबन्धन बाँध्ने परम्परा रहिआएको छ । रासस

Facebook Comments