Sat. Oct 26th, 2024

हावाहुरीले मकैबालीमा क्षति   

मान्म (कालीकोट),२०८१ साउन ३२ गते शुक्रबार । बिहीबार रातिको वर्षासँगै आएको हावाहुरीले यहाँको शुभकालिका गाउँपालिका-१ छाती गाउँका स्थानीयले लगाएको मकैबालीमा क्षति पुगेको छ । हावाहुरीले एक सय ३३ घरधुरीले लगाएको मकैबालीमा क्षति पुगेको हो ।

पाक्ने बेलाको मकैमा हावाहुरीले क्षति पु¥याएको स्थानीय जवानसिंह सुनारले बताउनुभयो । “यहाँ धानखेती हुँदैन । यहाँको मुख्य बाली मकै हो”, उहाँले भन्नुभयो, “हावाहुरीले मकै बाली नष्ट भएपछि किसान भोकमरी हुने चिन्तामा छन् ।”

अहिलेसम्म यहाँका किसानले कृषि बीमा गरेका छैनन् । यहाँको प्रमुख बाली मकै भएकाले हावाहुरीले ठूलो क्षति पु¥याएको शुभकालिका गाउँपालिका-१ का वडाध्यक्ष वीरबहादुर रामजालीले बताउनुभयो । “हावाहुरीले मकै बालीमा ठूलो क्षति पुगेको छ”, उहाँले भन्नुभयो, “क्षतिका बारेमा गाउँपालिका तथा विपद् व्यवस्थापन कार्यालयलाई पनि जानकारी गराइएको छ ।” रासस

Facebook Comments